हाम्रो बारेमा

डिभिजन वन कार्यालय,धनगढी को सामान्य परिचय

यस जिल्लामा वि.सं १९९७ मा सघन वन व्यवस्थापनबाट राजश्व संकलन गर्न वन गोश्वारा स्थापित भएको भनाइ रहेको छ । जिल्लाको वन संरक्षणको लागि विभिन्न समयमा वन कार्यालयहरुको स्थापना गर्ने क्रममा विसं २०१८ सालमा जिल्ला वन डिभिजन कार्यालय स्थापना भएको थियो भने क्रमश वि।सं। २०२७ सालमा यसको नाम कैलाली प्रधान वन कार्यालय, विसं २०३३ सालमा पुनस् जिल्ला वन डिभिजन कार्यालय र विकेन्द्रीकरण नीति अनुसार २०४० श्रावण १ गते देखि यस कार्यालयको नाम जिल्ला वन कार्यालय कैलाली रहेको थियो भने पुन यसको नाम डिभिजन वन कार्यालय कैलाली ९धनगढी० रहन गएको छ ।
ऐतिहासिक गौरव बोकेको र जनसंख्याको दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको सवैभन्दा ठूलो जिल्ला कैलालीमा राणा कालमा चारवटा नाकाहरु ( सती वजार अड्डा, भजनी बजार अड्डा, कैलाली वजार अड्डा, र धनगढी बजार अड्डाबाट सामानहरु निकासी हुने गर्दथ्यो । सो मध्ये कैलाली बजार अड्डा यस जिल्लाको बीच भागमा रहेको र त्यसैको नामबाट यस जिल्लाको नाम कैलाली जिल्ला राखिएको भन्ने भनाइ रहेको छ ।
यस जिल्लाको भौगोलिक अवस्थिति समुद्र सतहदेखि तराइको तल्लो भू(भाग १०९ मिटर र माथिल्लो भाग १९५० मीटर सम्म रहन गइ जिल्लामा ४०।३ प्रतिशत भूभाग चुरे पहाड र ५९।७ प्रतिशत समथर तराई क्षेत्रमा पर्दछ । यो जिल्ला २८ण्२२ु देखि २९ण्५ु उत्तरी अक्षांश र ८०ण्३०ु देखि ८१ण्१८ु पूर्वी देशान्तर सम्म फैलिएको छ । यस जिल्लाको ९दुवै डिभिजन वन कार्यालयको कार्यक्षेत्र० भू(उपयोगितालाई हेर्दा ६५ प्रतिशत क्षेत्र वन जङ्गलले ओगटेको छ भने २८ प्रतिशत भू(भाग कृषिक्षेत्रले ओगटेको छ । जिल्लाको उत्तरी क्षेत्र भावर क्षेत्र र चुरे पर्वत श्रृंखलामा पर्ने भएकोले यो भाग सुख्खा छ । यसको न्चयगलम धबतभच भिखभ िनिक्कै गहिराइमा छ । चुरे श्रृंखला भू(वनौटको आधारमा वस्ती वस्न योग्य देखिँदैन । यस जिल्लाको तराइ क्षेत्रमा अधिकतम तापक्रम ४६ डिग्री सेल्सियस सम्म पुग्दछ भने जाडो महिनामा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस सम्म तल झर्दछ । यस जिल्लामा वार्षिक औसत वर्षा १५७७ देखि २५८७ मिलिमिटर सम्म हुने गर्दछ ।
स्थापनाको प्रारम्भिक समयमा यस कार्यालयबाट वनको व्यवस्थापन सम्वन्धी कार्यहरु नगरी वन पैदावारको संकलन तथा विक्री वितरणबाट राजश्व मात्र संकलन गरिने गरिन्थ्यो भने हाल आएर मूलत सहभागितामूलक वन व्यवस्थापन मार्फत वन व्यवस्थापनका कार्यहरु संचालन हुदै आएका छन। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालका सात वटा प्रदेशहरूमध्ये सवैभन्दा पश्चिम क्षेत्रमा रहेको सुदुरपश्चिम प्रदेशको प्रादेशिक राजधानी समेत रहेको कैलाली जिल्लामा रहेको तत्कालिन जिल्ला वन कार्यालय कैलालीलाई संघीयता कार्यान्वयनको क्रममा नेपालको वर्तमान संविधान जारी भएपछि वि।सं। २०७५ सालमा दुइवटा डिभिजन वन कार्यालयहरुमा विभाजन गरी जिल्लाको करिव बीच भागबाट पश्चिम तर्फको वन संरक्षण तथा व्यवस्थापनको गर्ने गरी यो डिभिजन वन कार्यालय स्थापना भएको छ ।
यस डिभिजन वन कार्यालयको कार्यक्षेत्रको पूर्बमा मोहन्याल गाँउपालिका, घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, पश्चिममा कञ्चनपुर र डडेल्धुरा जिल्ला, उत्तरमा डोटी जिल्ला र दक्षिणमा भारतको लखिमपुर खिरी रहेको छ । यस डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, चुरे गाँउपालिका र कैलारी गाँउपालिका गरी ५ वटा स्थानिय तहहरु रहेका छन ।
यस डिभिजन वन कार्यालयको कार्यक्षेत्रको क्षेत्रफल १५४१२७ हेक्टर मध्ये १०१७२२।०९ हेक्टर वन क्षेत्र रहेको छ । जिल्लामा रहेको साबिक बसन्ता संरक्षित वन हाल वसन्ता वन संरक्षण क्षेत्रको क्षेत्रफल १९४३६।१०३ हेक्टर अर्थात कुल वन संरक्षण क्षेत्रको २८।१७ प्रतिशत यस डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा रहेको छ । यस डिभिजन वन कार्यालय अन्तर्गत चुरे क्षेत्र करिब ३९% र तराई भावर ६१% रहेको छ । यसैगरी खोटे सल्लो वन करिब २०%, खोटे सल्लो चौडापाते मिश्रित वन ५%, पहाडी साल वन ३२% र तराई साल मिश्रित चौडापाते वन ४३% रहेको छ ।
यसरी उल्लेख्य मात्रामा वनक्षेत्र रहेको यस जिल्लामा वनको समुचित व्यवस्थापन गरी वनजन्य उत्पादनबाट स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्र्याउँदै समग्र प्रदेशकै आर्थिक समृद्दीमा योगदान गर्न सक्ने प्रवल सम्भावना रहेको छ ।
यस डिभिजन वन कार्यालय मातहत फिल्ड स्तरमा १० वटा सव(डिभिजन वन कार्यालयहरु ९धनगढी, गोदावरी, गौरीगंगा, मसुरिया, उदासीपुर, वसन्ता, फुलवारी, सहजपुर, खैराला र निगाली० रहेका छन् । डिभिजन तथा सव(डिभिजन वन कार्यालयहरुमा सशस्त्र वन रक्षकहरु वाहेक विभिन्न पदका कूल १०३ जनको स्वीकृत दरवन्दि रहेकोमा ४५ जना कर्मचारीहरुको दरवन्दी रिक्त रहेको कारण कार्य सम्पादनमा कठिनाई उत्पन्न भइरहेको अवस्था विद्यमान छ ।
यस डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा आ।व। २०७८र७९ सम्ममा ३१७ वटा सामुदायिक वन उपभोक्ता समूहहरु गठन भइ ७३,३३० घरधुरीहरुको संलग्नतामा ४४,३४२।७७ हेक्टर वन व्यवस्थापन भइरहेको छ । यसैगरी यहाँ दर्ता भएका १० वटा धार्मिक वनले कूल १२७।२३ हेक्टर क्षेत्रफल ओगटेको छ भने यहाँ रहेका ३८ वटा दर्तावाला निजी वनले ३५।२६९ हेक्टर क्षेत्रफल ओगटेको छ यसका साथै एउटा ब्यवसायीक कबुलियती वनलो ५८ हे क्षेत्रफल ओगटेको छ । यस डिभिजन वन कार्यालयको कार्यक्षेत्र भित्र कूल ३ वटा साझेदारी वनहरु ९बाह्रवन साझेदारी वन, भारताल साझेदारी वन र गौरीगंगा साझेदारी वन० रहेका छन् जसको कूल क्षेत्रफल ७३६५।०५ हेक्टर रहेको छ ।
जिल्लामा वढ्दो जनसंख्या, बेरोजगारी, अत्यधिक खुला चरिचरण, आगलागीरवनडढेलो, सुकुम्बासी एवं अव्यवस्थित वसोबासीको चाप र जथाभावी ढंगले भइरहेको सडक लगायतका पूर्वाधारहरुको विस्तार तथा जनचेतनाको अभावले वन क्षेत्रमा अत्यधिक भार पर्नुका साथै वन संरक्षण एवं व्यवस्थापनमा चुनौती थपिन गएको अवस्था छ । बिगत २ बर्ष अघिको प्रतिबेदन तथा तथ्याकहरु हेर्दा यस डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा करिब ११,४०० हेक्टर भन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको देखिन्छ । यसरी वन क्षेत्रमा भएको अतिक्रमणको समस्या समाधानार्थ पछिल्ला दिनमा डिभिजन वन कार्यालय वन अतिक्रमण नियन्त्रण रणनीति २०६८ वमोजिम डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा गरी सरोकारबाला निकायहरुसंगको समन्वयमा वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन तर्फ अगाडी वढिरहेको छ ।

                                     
                       प्रदेश सरकार
                    सुदूरपश्चिम प्रदेश
    उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्रालय
                     वन निर्देशनालय
        डिभिजन वन कार्यालय धनगढी, कैलाली

Copyright ©2022.